कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
यसैगरी, राति गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
