रहेनन् जासुसी आख्यानकार दीर्घबाहु

९४ वर्षीय दीर्घबाहुको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

काठमाडौँ– लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ। ९४ वर्षीय दीर्घबाहुको बिहीबार बिहान २:४५ बजे निधन भएको उनका छोरा ब्रजेश खानालले जानकारी दिए।

दीर्घबाहु नेपालको पहिलो जासुसी उपन्यास लेखक हुन्। नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य रहेका उनी दुई पटक त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य भएका थिए। 

उनको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो। त्यसपछि उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’लगायत जासुसी उपन्यास निकै लोकप्रिय थिए। 

त्यसबाहेक ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए।

दीर्घबाहुको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन्।