यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकलाई आवश्यक मानवीय सहयोग बढाउने र बन्धकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
इजरायल र हमास १५ महिनाको युद्धपछि गाजामा युद्धविराम गर्न सहमत भएका छन्। ६ साताका लागि भएको सम्झौता आइतबारदेखि लागू हुने कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले बताए।
कतारका प्रधानमन्त्रीका अनुसार पहिलो चरणमा शुरूमा केही इजरायली बन्धकहरूलाई छाडिने छ। त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकलाई छाड्ने छ। इजरायली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ ।
यसबीचमा युद्धविराम कार्यान्वयनका लागि वार्ता पनि जारी रहनेछ। सम्झौतालाई अन्तिम रूप दिन काम भइरहेकाले बाँकी विवरण त्यसपछि सार्वजनिक हुने उनले बताए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकलाई आवश्यक पर्ने मानवीय सहयोग बढाउने र बन्धकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने प्रतिक्रिया दिए।
हमास नेता खलील अल-हय्याले यो प्यालेस्टिनी लचिलोपनका कारण सम्झौता सम्भव भएको बताए। सम्झौता भएको खबरपछि प्यालेस्टिनी र इजरायली बन्धकका परिवारले उत्सव मनाएको बीबीसीले लेखेको छ।
इजरायल र हमासबीच ७ अक्टोबर २०२३ मा युद्ध शुरू भएको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा त्यसयता ४६ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ। २३ लाख जनसंख्यामध्ये धेरैजसो विस्थापित भएका छन्। गाजामा खाना, इन्धन, औषधि र आश्रयको गम्भीर अभाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
