तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, थकालीलगायत जातजातिको पोसाक लगाएर तस्वीर र भिडियो खिच्ने गरेका छन्।
म्याग्दी– बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन्।
अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोसाक लगाएर तस्वीर, भिडियो खिच्ने गरेका छन्। पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन्।
स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत २०० देखि ३५० रुपैयाँसम्म लिने गरेको बताए। “मसँग १५ जोर मगर ड्रेस छन्,” उनले भने, “दिनमा १० देखि १५ जनाले भाडामा लैजानु हुन्छ।” रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्वीर पनि खिचिदिने गरेका छन्। एउटा तस्वीर खिचेबापत २० रुपैयाँ लिने गरेको उनले बताए।
महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन्। आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ। बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्वीर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन्। केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ।
कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान पर्यटक आउने गरेका छन्। अहिले दैनिक ३०० देखि ५०० पर्यटक आइरहेको गरेको स्थानीय कुशल शर्माले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
