आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार भएको आगलागीमा पाँच वटा घर जलेर नष्ट भएका छन्।
आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा साँझ आगो निभाइएको घर जल्दा गाउँपालिकाका अध्यक्ष भीम सिङ्थाले जानकारी दिए।
आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पाँच घरका कम्तीमा १७ जना विस्थापित भएका छन्।
आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ। दुई थान ओढ्ने र ओछ्याउने कपडा, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न वितरण गरेको अध्यक्ष सिङ्थाले बताए। पीडित आफन्त र छिमेकीको घरमा बसेका छन्।
दिउँसो रामबहादुर राईको घरबाट आगलागी शुरू भएको थियो। मानवीय क्षति भने भएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
