जय ट्रफीको उपाधि पुलिसलाई, आर्मी २८ रनले पराजित

वीरगन्जस्थित नारायणी रंगशालामा पुलिसले दिएको १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो।

काठमाडौँ– जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। 

बिहीबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन भएको हो। 

वीरगन्जस्थित नारायणी रंगशालामा पुलिसले दिएको १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो।

आर्मीका लागि इम्रान शेखले सर्वाधिक २८ रन जोडे। कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन जोडे। पुलिसका सागर ढकालले ६ तथा ललितनारायण राजवंशीले ४ विकेट लिए।

पुलिसले दोस्रो इनिङमा १३९ रन जोडेको थियो। पुलिसका लागि कुशल भुर्तेलले ४५ तथा दिलीप नाथले ३४ जोडेका थिए। आर्मीका बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए। 

आर्मीले पहिलो इनिङमा १७० रन बनाएको थियो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे। बसिर अहमदले ४० तथा सोमपाल कामीले ३२ रनको योगदान दिए। पुलिसका सागर ढकालले ५ तथा कुशल भुर्तेलले ३ विकेट लिए।

पहिलो इनिङमा पुलिसले १३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। पुलिसका कुशलले सर्वाधिक ५१ तथा अर्जुन साउदले २८ र अमित श्रेष्ठले रन जोडे। आर्मीका साहब आलमले ७ विकेट लिए।