खानको उपचारमा संलग्न लीलावती अस्पतालका चिकित्सकको टोलीले उनको अवस्था खतरामुक्त रहेको, स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको जनाएको छ।
छुरा प्रहारबाट बलिउड अभिनेता सैफ अली खान गम्भीर घाइते भएका छन्। धारिलो हतियारबाट आक्रमण हुँदा उनको शरीरमा ६ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
अस्पतालले उनलाई लागेका चोटमध्ये दुई वटा गहिरो र एउटा मेरुदण्डनजिकै रहेको जनाएको छ।
खानको बान्द्रास्थित ‘सतगुरु शरण’ भवनको १२औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबीच मुठभेड भएपछि छुट्ट्याउने क्रममा चोट लागेको बताइएको छ। घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो।
बलिउड अभिनेता खानको उपचारमा संलग्न लीलावती अस्पतालका चिकित्सकको टोलीले विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको, स्वास्थ्यमा पनि क्रमिक सुधार भइरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ। उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन्।”
उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दीक्षित गेदामले घटनाको अनुसन्धान जारी रहेको बताए।
“घटनाबारे अनुसन्धान भइरहेको छ। अनुसन्धान भइरहेकोले घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त भइसकेको छैन। अनुसन्धानपछि सबै खुल्नेछ,” उनले भने।
लीलावती अस्पतालका चिफ अपरेटिङ अफिसर (सीओओ) डा. नीरज उत्तमानीका अनुसार खानलाई बिहीबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
