बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंकको बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।
बुधबार झिनो अंकको सुधार देखिएको नेप्से परिसूचकमा बिहीबार सामान्य गिरावट देखिएको हो।
यस दिन नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंकको बिन्दुमा कायम भएको हो।
२९६ कम्पनीको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बुधबार पाँच अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिनको कारोबारमा व्यापार समूहको उपसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.९५, म्युचुअल फन्ड ०.७२, अन्य समूह ०.३२ र जलविद्युत् समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ। अरू समूहको उपसूचकमा भने गिरावट देखिएको छ।
नेप्सेका अनुसार बैंकिङ ०.७४, विकास बैंक ०.८८, वित्त ५.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.५८, बीमा ०.६१, लघुवित्त ०.५५ र निर्जीवन बीमा ०.०६ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा बोटलर्स नेपाल, विन नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रो पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
त्यस्तै, पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै, जानकी फाइनान्स ९.३९, खानी खोला हाइड्रो पावर ९.१५, रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.५७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा बढी सिन्धु विकास बैंक २८ करोड ५७ लाख २९ हजार ४४१ रुपैयाँ बराबरको दुई लाख ६१ हजार ५६४ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
