दुर्घटनापछि प्रहरीले गरेका अनुसन्धानले चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सडकको दुरावस्था, यान्त्रिक गडबडी प्रमुख कारण औँल्याएको छ।
दाङ– गत पुस २४ गते तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीय तिर्सना घर्ती मगरको मृत्यु भयो। बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनापछि आक्रोशित स्थानीय र आफन्तले एक दिन तुलसीपुरमा बजार बन्द गराए। प्रहरी प्रशासन, यातायात व्यवसायी र पीडितपक्षबीच सहमति भएपछि मृतकका परिवारलाई सरकारले बिमाबापत उपलब्ध गराउँदै आएको पाँच लाख रुपैयाँ रकममा समितिले साढे दुई लाख रकम उपलब्ध गराउने र मृतककी एक छोरीलाई कक्षा १२ सम्म निःशुल्क पठाउने जिम्मा राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिले लिने सहमति भयो। उक्त दुर्घटनामा संलग्न बसका चालक हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा छन्।
त्यस्तै, गत कात्तिक २२ गते गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका–४ श्री खोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थमै मृत्यु भयो। सो दुर्घटनामा आठ जना गम्भीर घाइते भए। मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए।
त्यसैगरी गत साउन १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नं को मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोराही ७ कै ४४ वर्षीय गंगा कुँवरको घटनास्थमा मृत्यु भयो। मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए।
यी तीन वटै दुर्घटनापछि प्रहरीले गरेको अनुसन्धानले जिप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी भएको निष्कर्ष निकाल्यो। मोटरसाइकलले ठक्कर दिनुको कारण चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकाल्यो।
चालु आर्थिक वर्षको पुससम्म जिल्लामा १०७ वटा सवारी दुर्घटनामा परे। ती सवारी दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
उनका अनुसार सो दुर्घटनामा परी ८० जना गम्भीर घाइते र ६४ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ६५ वटा सवारी दुर्घटनाका घटनामा २५ जनाको ज्यान गएको थियो। ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेकामा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा, बस सात, ट्याक्टर सात जिप तथा कार चार छन्।
त्यस्तै ट्याम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर दुई, माइक्रोबस चार, साइकलका पाँच, डोजर एक वटा अन्य वटा रहेका छन्। त्यस्तै आर्थिक वर्ष २०७८/८९मा दाङमा २०३ वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको थियो।
जिल्लामा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन्। दुर्घटना न्यूनीकरणका लागि लमही–भालुवाङ सडकमा टाइम कार्ड शुरू गरिएको छ। तर पनि सवारी दुर्घटनाका घटना दिनहुँजसो भइरहेका छन्।
अनुसन्धानका क्रममा सडक दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, मादक पदार्थ सेवन रहेको पाइएको प्रहरीले जनाएको छ। त्यसबाहेक चालकको लापरबाही, यात्रुको गल्ती, सडकको दुरावस्था, यान्त्रिक गडबडी पनि कारक हुने गरेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक शाहीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
