रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा

घरेलु मैदानमा २-० को अग्रता जोगाउन नसक्दा जितका लागि रियलले थप समयसम्म कुर्नुपर्‍यो। थपिएको ३० मिनेटमा रियलले ३ गोल गर्दै सहज जित हात पार्‍यो।

काठमाडौँ– रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ। बिहीबार राति सेल्टा भिगोलाई ५-२ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो। 

घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समयसम्म कुर्नुपर्‍यो। थपिएको ३० मिनेटमा रियलले ३ गोल गर्दै सहज जित हात पार्‍यो।

निर्धारित ९० मिनेटको समयमा रियलका लागि केलियन एम्बाप्पे र भिनिसियस जुनियरले गोल गरेका थिए। सेल्टाका लागि जोनाथन बाम्बा र मार्कोस एलोन्सोले गोल गरेपछि निर्धारित समयमा २-२ को बराबरी भएको थियो। 

थप गरिएको ३० मिनेटको समयमा एन्ड्रिकले २ तथा फेडेरिको भालभर्डेले १ गोल गोल गरेपछि रियलले फराकिलो जित हात पार्‍यो।