अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुभन्दा तीन दिनअघि रुस र इरानबीच सम्झौता हुन लागेको हो।
रुस र इरानले शुक्रबार विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दैछन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुभन्दा तीन दिनअघि सम्झौता हुने भएको हो। नयाँ सम्झौताले तेहरान र मस्कोको ‘सैन्य–राजनीतिक र व्यापार–आर्थिक’ सम्बन्धलाई थप मजबुत बनाउने क्रेमलिनले जनाएको छ।
युक्रेनी र पश्चिमी अधिकारीका अनुसार इरानले रुसलाई स्वचालित रूपमा विस्फोट हुने ड्रोन प्रदान गरेको छ। यी ड्रोन मस्कोले युक्रेनमा आक्रमण गर्न प्रयोग गर्छ। दुवै देशले पश्चिमी प्रतिबन्धबीच व्यापार बढाएका छन्।
दुवै पक्षले वर्षौंदेखि नयाँ सन्धिका लागि काम गरिरहेका थिए। उनीहरूको वर्तमान सम्बन्ध सन् २००१ को सम्झौताद्वारा निर्देशित छ र यसलाई आवधिक रूपमा नवीकरण गरिरहेका छन्।
रुसले इरानसँगको आगामी सम्झौता र प्योङयाङसँग यसअघि नै हस्ताक्षर भइसकेको सन्धि कुनै पनि देशविरुद्ध लक्षित नभएको बताएको छ।
“यो सन्धि रचनात्मक प्रकृतिको छ र यसको उद्देश्य रुस, इरान र विश्वका विभिन्न भागमा रहेका हाम्रा मित्रहरूको क्षमतालाई सुदृढ पार्नु हो,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भने।
रुसका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै रुसको समाचार एजेन्सी तासले यो २० वर्षका लागि मान्य हुने जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान, चीन र उत्तर कोरियासँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको आधारशिला बनाएका छन्।
रुस र इरान दुवैले आफ्ना महत्त्वपूर्ण ऊर्जा उद्योगमा प्रतिबन्धसहित भारी पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन्।
ट्रम्प सत्तामा फर्कनुभन्दा केही दिनअघि पेजेस्कियानको रुस भ्रमण हुन लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
