चितवन राष्ट्रिय निकुञ्जभित्र दुई दिनको अवधिमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।
चितवन– जिल्लास्थित चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन्। निकुञ्जका अनुसार मंसिर २८ गते बुधबार र बिहीबार दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार बिहान ५:५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको छ। एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उनले बताए। गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए।
यस्तै, बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोस्टअन्तर्गत नारायणी नदी किनामा ६ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ। बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उनले जानकारी दिए।
बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ। सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९/८० मा पाँचवटा गैँडा मरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
