‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’का अनुसार सन् २०३५ सम्ममा चीनको कुल जनसंख्याको करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथिको मानिसको हुनेछ।
चीनको जनसंख्या सन् २०२४ मा पनि घटेको छ। ६ दशकभन्दा बढी समयसम्म बढेको चीनको जनसंख्या विगत तीन वर्षयता लगातार घटिरहेको हो।
कुनै समय विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनलाई सन् २०२३ मा भारतले उछिनेको थियो। बेइजिङले अहिले जन्मदर बढाउन अनुदान तथा प्रजननका पक्षमा प्रचारप्रसार गरिरहेको छ।
सन् २०२३ मा एक अर्ब ४१ करोड जनसंख्या रहेको चीनमा सन् २०२४ को अन्त्यसम्ममा एक अर्ब ४० करोड ८० लाख पुगेको बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।
सन् २०२२ को तुलनामा यो गिरावट कम तीव्र रहेको तथ्यांकले देखाएको छ।
जनसंख्या अत्यधिक बढ्ने डरका कारण चीनले सन् १९८० को दशकमा लागू गरेको ‘एक सन्तान नीति’ सन् २०१६ मा अन्त्य गरेको थियो। चीनले सन् २०२१ मा एक दम्पतीले तीन सन्तानसम्म जन्माउन पाउने नीति बनाएको थियो।
तर यसले लामो समयदेखि आर्थिक वृद्धि चालकको रूपमा आफ्नो विशाल श्रमशक्तिमा निर्भर रहेको देशको जनसाङ्ख्यिक गिरावटलाई उल्टाउन असफल भएको छ।
धेरैले जन्मदर घट्नुको मुख्य कारण जीवनयापनको बढ्दो लागतका साथै श्रमशक्तिमा जाने र उच्च शिक्षा हासिल गर्ने महिलाको बढ्दो संख्या रहेको बताएका छन्।
‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’का अनुसार सन् २०३५ सम्ममा चीनको कुल जनसंख्याको करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथिको मानिसको हुनेछ।
शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार अहिले ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या ३१ करोड ३१ लाख पुगेको छ। यो देशको एक चौथाइभन्दा केही प्रतिशत मात्र कम हो र सन् २०२३ मा रेकर्ड गरिएको करिब २९ करोड ७० लाखभन्दा केही प्रतिशत बढी हो।
तथ्यांकले चीनको जन्मदर विश्वमा सबैभन्दा कम जन्मदर भएका मुलुकको अघिल्लो वर्षको तुलनामा केही बढेर प्रतिएक हजार ६.७७ व्यक्ति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
