बाढीले खण्डहर बीपी राजमार्ग (तस्वीरहरू)

काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्‍याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार र नेपालथोक क्षेत्रमा यात्रुले दिनहुँ सास्ती भोग्नु परिरहेको छ। 

रोशीखोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे छ। राजमार्ग चाँडो पुनर्निर्माण गर्न स्थानीय र यात्रुको माग छ। तर यसका लागि ठूलो आर्थिक सहायता चाहिने भएकाले समय लाग्ने सरकारी अधिकारीहरूले नै बताइरहेका छन्। 

पुनर्निर्माणका लागि करिब  ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने छ। डिभिजन सडक कार्यालय भक्तपुरले भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि स्रोत सुनिश्चित भएको छैन।

काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ। 

जापान सरकारको अनुदान सहयोगमा २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण थालिएको थियो। जापान सरकारले २०७२ असारमा निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।