सम्झौता आइतबारदेखि लागू हुनेछ। १५ महिना लामो युद्धका क्रममा ४६ हजार ७८८ प्यालेस्टिनीको मृत्यु भएको थियो।
गाजामा युद्धविरामका लागि हमाससँग भएको सम्झौता इजरायल सरकारले अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्को ६ घण्टाभन्दा लामो बैठकपछि शनिबार बिहान युद्धविराम सम्झौतालाई अनुमोदन गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले एक संक्षिप्त विज्ञप्तिमा जनाएको छ। यससँगै ६ हप्ताका लागि भएको उक्त सम्झौता आइतबारदेखि लागू हुनेछ।
इजरायली मन्त्रिपरिषद्का केही कट्टरपन्थीले सम्झौताको कडा विरोध गरेका थिए। अल जजिराका अनुसार नेतान्याहुको गठबन्धन सरकारका २४ मन्त्रीहरूले सम्झौताको पक्षमा मतदान गरेका थिए। आठ जनाले भने विरोध गरेका थिए।
१५ महिना लामो युद्धका क्रममा ४६ हजार ७८८ प्यालेस्टिनीको मृत्यु भएको थियो भने एक लाख १० हजारभन्दा बढी मानिस घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
