यू१९ महिला विश्वकप: नेपालले बांग्लादेशलाई दियो ५३ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो। 

काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकप क्रिकेटमा नेपालले बांग्लादेशलाई ५३ रनको लक्ष्य दिएको छ। 

मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसीले १० रनको योगदान दिइन्। 

नेपाली युवा टोलीमा कप्तान पूजा महतो, सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।