पक्षाघात जस्तो जटिल रोगसँग लड्दै भागिराम चौधरी यतिबेला विद्युतीय उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रूपमा जुटाउँदै आएका छन्।
कञ्चनपुर– जहाँ इच्छा, त्यहाँ उपाय भन्ने भनाइलाई शुक्लाफाँटा नगरपालिका–१० झलारीका २९ वर्षीय भागिराम चौधरीले जीवनमा चरितार्थ गरेका छन्।
पक्षाघात जस्तो जटिल रोगसँग लड्दै उनी यतिबेला विद्युतीय मेसिन र उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रूपमा जुटाउँदै आएका छन्।
एक दशकदेखि काम गरिरहेका चौधरीले यही कामबाट मासिक औसतमा ४० हजार रुपैयाँ आम्दानी भइरहेको सुनाए। मुक्तकमैया परिवारका सदस्य चौधरीले दातृ निकायको सहयोगमा मेसिन–उपकरण मर्मतसम्बन्धी तालिम लिएपछि पसल शुरू गरेका हुन्।
“केही महिना जागिर गरे, मेसिन–उपकरण मर्मतमा दक्ष बनेपछि केही पैसा लगानी गरी आफ्नै पसल शुरू गरेको हुँ, अहिले अरूसँग सहयोग माग्नु परेको छैन”, उनले भने। परिवारको सबै खर्च पसलको कमाइले धानिँदै आएको चौधरीले बताए। शुरूमा पाँच हजार रुपैयाँ लगानी गरी पसल सञ्चालन गरेका चौधरीको पसलमा अहिलेसम्म पाँच लाख लगानी भइसकेको छ।
पसलको कमाइबाटै चौधरीले पक्की घर बनाएका छन्। “घुँडा मुनिको भाग नचल्ने भएकाले ह्विलचेयरमा हिँडडुल गर्नुपर्ने अवस्था थियो”, चौधरी भने, “ग्राहकको घरसम्म जानु पर्दा निकै असहज हुन्थ्यो, अहिले दुई लाख ८० हजार रुपैयाँ खर्चेर अपांगमैत्री स्कुटर खरिद गरेको छु।” अहिले उनी सोही स्कुटरमा ग्राहकका घरघरमा सामान मर्मतका लागि पुग्छन्। यसले आम्दानी पनि राम्रो भएको उनको भनाइ छ।
चौधरीले विद्युत्का मेसिन उपकरण मर्मत गर्न सिक्न चाहने युवालाई निःशुल्क रूपमा सिकाउँदै पनि आएका छन्। उनलाई शुक्लाफाँटा नगरपालिका–१० ले विद्युतीय मोटरमा तार भर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ।
वडाध्यक्ष लालबहादुर ऐरले चौधरीलाई प्रोत्साहन गर्न सहयोग गरेको बताए। “अपांगता भएका व्यक्ति पनि राम्रो काम गरेर राम्रो आम्दानी गर्न सक्छन् र यो अरूका लागि प्रेरणा बन्न सकोस् भनेर अनुदान उपलब्ध गराइएको हो,” उनले भने। अपांगता भएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा व्यावसायिक गर्नका लागि तालिमसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
