कलकत्तास्थित सरकारी अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा अदालतले अस्पतालका नागरिक स्वयंसेवक सञ्जय रोयलाई दोषी ठहर गरेको छ। न्यायाधीश अनिर्बान दासले यो मुद्दामा सोमबार सजाय सुनाइने बताए।
भारतको एक अदालतले शनिबार ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको छ।
गत अगस्टमा भारतको पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। पीडितको शव रक्ताम्मे अवस्थामा फेला परेको थियो।
घटनापछि सरकारी अस्पतालका चिकित्सकले सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य शहरमा विरोध प्रदर्शन गरेका थिए। हजारौँ नागरिक ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूको विरोध प्रदर्शनमा सामेल भएका थिए।
प्रतिवादी सञ्जय रोयको मुद्दा द्रुत गतिमा सुनुवाइ अघि बढाइएको थियो। यस मुद्दामा एक हप्ताअघि मात्र बहस सकिएको थियो।
अस्पतालका नागरिक स्वयंसेवक रोयलाई बलात्कार र हत्यामा दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका छन्।
रोयले लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन्। फैसलापछि उनले भने, “मलाई फसाइएको छ।” मृतकको शव फेला परेको एक दिनपछि रोय पक्राउ परेका थिए।
रोयलाई जेलको भ्यानले अदालतमा ल्याएको थियो। अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भिडले उनीविरुद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेका थिए भने प्रहरी अधिकारीले रोकेका थिए। रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।
उनीहरूले नारा लगाउँदै भने, “बलात्कारीलाई फाँसी देऊ, फाँसी देऊ।“
रोयबाट केही मिटरको दूरीमा बसेकी पीडितकी आमाले एएफपीसँग भनिन्, “यदि उसलाई मृत्युदण्ड दिइएन भने आममानिसले न्यायपालिका माथिको विश्वास गुमाउनेछन्।”
मृतक युवतीका बुबाले अझै भने, “उसले क्रूरतापूर्वक हाम्री छोरीको जीवन अन्त्य गरिदियो। ऊ पनि त्यस्तै नियतिको हकदार हुनुपर्छ।”
चिकित्सकमाथिको हिंसाले देशव्यापी आक्रोश र प्रदर्शन भएका थिए। राज्यभरिका चिकित्सकले पीडितलाई न्याय दिन र सरकारी अस्पतालमा कडा सुरक्षात्मक उपायको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए।
सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको बीभत्स प्रकृतिको तुलना गरिएको थियो। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
