हात्तीको बथानले स्थानीयले लगाएको मकै, गहुँ र उखुबालीमा पनि क्षति पुर्याएको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीको भनाइ छ।
सर्लाही– जिल्लाको हरिपुर क्षेत्रका जंगली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन्। हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जंगली हात्तीले क्षति गरेको हो।
तीन वटाको संख्यामा देखिएको जंगली हात्तीले किसानको खेतमा पसेर अन्न र उखुबाली नष्ट गरेको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए। “गएराति एक्कासि गाउँ नजिकै जंगलबाट खेतमा हात्ती पसेका हुन्”, उनले भने, “खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने चिन्तामा स्थानीय छन्। हामीले सुरक्षा निकाय र वन कार्यालयमा खबर गरेका छौँ।”
वडाध्यक्ष थापाका अनुसार गएराति हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ। दिनभर जंगलमा लुकेर बस्ने जंगली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको उनको भनाइ छ।
विपन्न एकल महिला मगरको हात्तीले घर भत्काएपछि उनी थप त्रसित बनेको स्थानीयले निर्मला कार्कीले बताइन्। हात्तीले घरभित्र रहेको अन्नपात खाइरहेको देखेपछि मगरले छिमेकीको घरतर्फ भागेर ज्यान जोगाएकी थिइन्।
सोही हात्तीको बथानले स्थानीय निर्मला कार्की, अष्टम खड्का, गोपाल बस्नेतसहितको करिब बिघा जमिनमा लगाइएको मकै, गहुँ र उखु बाली पनि क्षति गरेको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिए।
सब डिभिजन वन कार्यालयले हरिपुर नगरपालिका–१, जानकीनगरका वन क्षेत्रमा गए रातिदेखि जंगली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। यस वन क्षेत्रमा बर्सेनि जंगली हात्ती आएर स्थानीयको बाली तथा घरमा क्षति गर्ने गरेका छन्।
गत वर्ष पनि जंगली हात्तीले घुर्कौली जंगलमा घाँस काट्न गएका एक युवकमाथि आक्रमण गर्दा उनको निधन भएको थियो। अहिले वन क्षेत्रमा देखिएका जंगली हात्ती केही समयअघि रौतहटको विभिन्न वन क्षेत्रमा देखिने गरेका हात्तीको बथान हुनसक्ने डिभिजन वन कार्यालयले अनुमान गरेको छ।
हात्तीलाई आफ्नो गन्तव्य वासस्थानतर्फ फर्काउन पहल भइरहेको वन कार्यालयका प्रमुख चौधरीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
