महानगरले गत पुस २० गते बीपी उद्यानमा अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो। यद्यपि तरकारी, फलफूल तथा कपडा व्यापारीले भने त्यहीँ व्यापार गरिरहेकै छन्।
पर्सा– वीरगन्ज महानगरले बीपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई वटा विकल्प दिएको छ।
महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिसरमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनका लागि विकल्प प्रस्ताव गरेको हो।
वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बीपी उद्यान संरक्षण गर्दै व्यापारीलाई व्यवस्थित गर्न लागिएको बताए।
“उद्यान परिसरमा व्यापार तथा व्यवसाय गर्दै आएका फलफूल तथा तरकारी व्यापारीलाई वडा नं १६ नगवास्थित कृषि बजारमा राख्ने व्यवस्था मिलाएका छौँ,” उनले भने, “दोस्रो विकल्पमा वडा नं २ छपकैयाँमा ३२ कट्ठा क्षेत्रफलमा सेड तयार पार्ने काम भइरहेको छ।”
कर्णले सेडमा अत्यावश्यक पूर्वाधार निर्माण पूरा भएपछि बीपी उद्यान खाली गर्ने अभियानले सार्थकता पाउने बताए। “अहिले सेड निर्माणसँगै खाल्डाखुल्डी पुर्ने र विद्युत् जडानलगायतका काम भइरहेको छ, सेडको अत्यावश्यक संरचना तयार हुनेबित्तिकै बीपी उद्यान खाली गराउँछौँ”, उनले भने।
महानगरले गत पुस २० गते बीपी उद्यानमा अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो। यद्यपि तरकारी, फलफूल तथा कपडा व्यापारीले भने त्यहीँ व्यापार गरिरहेकै छन्।
प्रमुख प्रशासकीय अधिकृत कर्णले बीपी उद्यानका अतिक्रमण गरी निर्माण गरिएका सबै पसल हटाउने प्रतिबद्धता व्यक्त गरे।
महानगरले यसअघि गत मंसिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बीपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो। उक्त म्याद गत पुस १० गते सकिएको थियो।
तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बीपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक गत पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो।
दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि महानगरले गत पुस २० गते डोजर लगाएर बीपी उद्यान परिसरमा अस्थायी घरटहरा बनाएर बसेका डोम समुदायको टहरा भत्काएको थियो। बीपी उद्यान व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने महानगरको तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
