आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा उक्लिएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ।
आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा उक्लिएको हो। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
यस दिन ३२५ कम्पनीको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर ७२ हजार ५४० पटक खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बिहीबार पाँच अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा तीन वटा समूहको उपसूचक घटेको छ भने अरू सबैको उपसूचक बढेको छ। उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक २.७५ प्रतिशत, वित्त समूह २.३२ प्रतिशतले बढेको छ।
त्यस्तै, म्युचुअल फन्ड ०.४६, व्यापार समूहको उपसूचक ०.११ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक ०.०८ प्रतिशतले घटेको छ।
नेप्सेका अनुसार बैंकिङ ०.१७, विकास बैंक ०.२०, जलविद्युत् ०.४०, लगानी ०.३७, बीमा ०.९१, लघुवित्त ०.२८, निर्जीवन बीमा ०.६३ र अन्य समूहको उपसूचक ०.३० प्रतिशतले बढेको छ।
यस दिनको कारोबारमा बोटलर्स नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ भने सुपर मादी हाइड्रो पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
यस दिन कारोबार रकमका आधारमा सबैभन्दा बढी एनआरएन इन्फाइस्टक्चरको २६ करोड ८५ लाख २५ हजार ५९५ रुपैयाँ बराबरको दुई लाख ३४ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
