रिहा हुने सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेका छन्।
प्यालेस्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौताअन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ।
रिहा हुने सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेका छन्।
यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन शुरू भएको पुष्टि गरेका छन्।
स्थानीय समयअनुसार ८ः३० मा शुरू हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समयअनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ।
“सम्झौताको एक भागका रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा शुरू हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायले प्राप्त नगरेसम्म शुरू नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनी स्वरूप कारबाही जारी गरेको थियो।
यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतबार बिहानबाट युद्धविराम शुरू हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा १० जना मारिएको बताएको छ।
उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार ६ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थानमा गरी थप २५ जना घाइते भएका छन् ।
यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम शुरू नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।
प्रधानमन्त्री नेतन्याहुले आइतबार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम शुरू नगर्न देशको सेनालाई आदेश दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
