मंगलबार वडा कार्यालयले पत्र पठाउँदै सार्वजनिक ८६३ कित्ता नम्बरमा रहेको टुँडिखेलको खुलामञ्च मैदानमा ३ तहको भूमिगत पार्किङ गर्दा दूरगामी प्राकृतिक असर पर्ने उल्लेख गरेको छ।
काठमाडौँ– खुलामञ्चमा पार्किङका निर्माणका लागि डीपीआर गर्ने निर्णय तत्कालै रोक्न र अन्य विकल्प खोज्न अनुरोध गर्दै २८ वडाका वडाध्यक्ष भाइराम खड्गी (प्रकाश)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डंगोललाई पत्र पठाएका छन्।
मंगलबार वडा कार्यालयले पत्र पठाउँदै सार्वजनिक ८६३ कित्ता नम्बरमा रहेको टुँडिखेलको खुलामञ्च मैदानमा ३ तहको भूमिगत पार्किङ गर्दा दूरगामी प्राकृतिक असर पर्ने उल्लेख गरेको छ। त्यस्तै, खुलामञ्चमा हुन लागेको डीपीआरलाई रोक्न पहल गर्नसमेत मुक्तटुँडिखेल अभियानबाट समेत निवेदन पेश हुन आएको तथा टुँडिखेलको समग्र विषयमा गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरेका छन्।
“नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रम बजेट बुँदा नं १११ मा ११ वडामा पर्ने खुलामञ्च सँगै डीपीआर निर्माण गर्ने भनी निर्णय भएको पाइएकोले कार्यपालिकाको निर्णय नै दुबिधा पार्ने खालको रहेको छ,” पत्रमा लेखिएको छ, “उक्त निर्णय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा यसलाई समग्र पक्षहरूसँग आवश्यक छलफलबिना हुन लागेको डीपीआरको काम तत्कालै रोक्ने व्यवस्था गरी अन्य विकल्प खोज्नुहुनसमेत अनुरोध गर्दछौँ।”

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
