कार्यदल संयोजक विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमको ड्राफ्टमा बुँदागत छलफल गरी शुक्रबारसम्ममा अन्तिम रूप दिने बताए।
काठमाडौँ– सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शुक्रबारसम्ममा तयार हुने बताएको छ। न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको हो।
बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए। उनले सो ड्राफ्टका बुँदागत छलफल गरी शुक्रबारसम्ममा सबै काम सकिने बताए।
"सरकारमा सहभागी हुने विभिन्न दलको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ। ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रूप दिन्छौँ र त्यसलाई हामी प्रस्तुत गर्छौं", उनले भने।
उनले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएर बैठकमा आउन नसकेकाले छलफल हुन नपाएको बताए। उनले शुक्रबार ११ बजेको निम्ति सारिएको जानकारी दिँदै उक्त बैठकमा न्यूनतम साझा कार्यक्रमको सम्पूर्ण काम टुंग्याउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
