दर्ता भएका क्लबले माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।
काठमाडौँ– आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता खेल्ने सबै टोलीले नाम दर्ता गराएको जानकारी दिएको हो।
एन्फाका अनुसार शुक्रबार मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबले नाम दर्ता गराएका थिए। चर्च ब्वाइज युनाइटेड, विभागीय टोली त्रिभुवन आर्मी, विभागीय एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले भने बुधबार नै नाम दर्ता गराएका थिए।
दर्ता भएका सबै क्लबले लिगका लागि उपलब्ध गराइएको तयारी रकमको पहिलो किस्ताबापतको १५ लाख रुपैयाँ लिएका छन्। एन्फाले तयारीका लागि प्रत्येक क्लबलाई साढे ३२ लाख रुपैयाँ उपलब्ध गराउँदै छ। यो रकम पहिला उपलब्ध गराउँदै आएको भन्दा १० लाखले बढी हो।
‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुनेछ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगको विजेताले ७५ लाख पाउने छ। दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ लाख पाउने एन्फाले जनाएको छ।
एन्फाले क्लब दर्ताको समय भने शुक्रबारसम्मलाई तोकिएको थियो। दर्ता भएका क्लबले माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
