सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार [पूर्ण पाठसहित]

सत्तासाझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरूको बैठकले टुङ्ग्याएपछि सार्वजनिक गरिने भएको छ।

काठमाडौँ–सत्तासाझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार बसेको न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई पूर्णता दिएको हो।

कार्यक्रमको मस्यौदालाई शीर्ष नेताले स्वीकृत दिएपछि औपचारिक रूपमा सार्वजनिक गरिने कार्यदलका सदस्यले बताएका छन्। शनिबार सत्तासाझेदार दलहरूका शीर्ष नेताको बैठकले बस्दै छ। बैठकले मस्यौदालाई टुङ्ग्याएपछि सार्वजनिक बताइएको छ।

पुस १४ गते बसेको सत्तासाझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो। कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवल शमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ छन्।

कार्यदलले सत्तासाझेदार सबै दलहरूको सुझाव संकलन गरेर मस्यौदा तयार पारेको जनाएको छ। कार्यदल सदस्य मुकुल ढकालले जनतालाई केही दिने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको बताएका छन्।