साझाको बिजुली बस चढेर पाटन पुगिन् राष्ट्रपति [तस्वीरहरू]

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छिन्।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बसमा ललितपुर पुगेकी छन्। शनिबार राष्ट्रपति भवन शीतलनिवासबाटै साझाको विद्युतीय बस चढेर उनी पाटन गएकी हुन्। साझाले भर्खरै भित्र्याएका विद्युतीय बसको प्रबर्द्धनका लागि राष्ट्रपतिलाई लिन एउटा बस पठाएको थियो।

राष्ट्रपति भण्डारी पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको ‘आर्काइभ’ निरीक्षणका लागि पुगेकी हुन्। त्यहाँबाट उनी पिम्बहाः पोखरी जाने र त्यहाँ आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुने छिन्।


तस्वीरहरू
 

 तस्वीरहरू : न्युज एजेन्सी र अमित मचामसी