जापानकी ओसाकाले सन् २०१९ र २०२१ को अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।
दुई पटकको च्याम्पियन नाओमी ओसाका चोटका कारण यस वर्षको अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन्। वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलिया ओपनबाट ओसाका बाहिरिएकी हुन्। ग्रान्डस्लाम १६ देखि २९ जनवरीसम्म हुनेछ।
जापानकी ओसाकाले सन् २०१९ र २०२१ को अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। ओसाका गत वर्ष अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी थिइन्। उनी अमेरिकी अमान्डा एनिसिमोभासँग ४-६, ६-३, ७-६(५) ले पराजित भइन्। ओसाका बाहिरिएपछि युक्रेनकी डेना यास्ट्रेम्स्काले ड्रमा सहभागिता जनाएकी छन्।
यता, ४२ वर्षीय अमेरिकी टेनिस खेलाडी र भेनस विलियम्स एक साताअघि अकल्यान्डमा खेलिएको खेलमा घाइते भएकी थिइन्। उनले अस्ट्रेलियन ओपनमा वाइल्ड कार्डमा प्रवेश गरेकी थिइन्। विलियम्सले ७ ग्रान्डस्लाम जितिसकेकी छन्।
उनले सन् २००१, २००३, २००९ र २०१० मा विम्बल्डन उपाधि जितेकी थिइन्। उनले सन् २००० र २००१ मा यूएस ओपनको उपाधि जितेका थिए। तर, उनले अस्ट्रेलियन ओपनको उपाधि भने जित्न सकेकी छैनन्।
उनी सन् २००३ र २०१७ मा दुई पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी थिइन्।
विश्वका नम्बर १ टेनिस खेलाडी कार्लोस अल्काराजले पनि आफ्नो नाम फिर्ता लिएका छन्। १९ वर्षको उमेरमा अल्काराज विश्व नम्बर १ मा पुग्ने सबैभन्दा कान्छा टेनिस खेलाडी हुन्।
अल्काराजले शुक्रबार भने, "मैले अस्ट्रेलिया ओपनको तयारी गरेको थिएँ । चोटका कारण पहिले एटीपी फाइनल र त्यसपछि डेभिस कप गुमाएँ। म नयाँ वर्षमा अस्ट्रेलिया ओपनबाट फर्कन चाहन्थेँ। मैले प्रशिक्षणमा राम्रो गरिरहेको थिएँ। अफ-सिजन ट्रेनिङका क्रममा दुर्भाग्यवश दाहिने खुट्टाको मांसपेशीमा चोट लागेको छ।"
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
