कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता नभएकै कारण रेशम चौधरीमाथि झूटा मुद्दा लगाइयो: रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले थारू भएकै कारण रेशम चौधरी लगायतका थारूहरूलाई मुद्दा लगाएको भन्दै सरकारप्रति आपत्ति जनाइन्।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता ठूला दलका कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झूटो मुद्दा लगाएको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनीले रेशम चौधरीलाई, निर्दोष थारूहरूलाई झूटो मुद्दामा कारागारमा थुन्न नमिल्ने बताइन्। उनले थारू भएकै कारण रेशम चौधरी लगायतका थारूहरूलाई मुद्दा लगाएको भन्दै सरकारसँग आपत्ति जनाइन्।
"अभियोग पत्रमा स्थानीय वारदातमा नभएको स्पष्ट छ। रेशम चौधरीलाई किन मुद्दा लगाइयो", उनले भनिन्, "कांग्रेस, एमाले, माओवादीजस्ता ठूला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झूटा मुद्दा लगाइयो। र, मलाई लाग्छ थारू भएकै कारण रेशम चौधरी लगायतका आज कारागारमा हुनुभएका सम्पूर्ण राजबन्दीहरूलाई मुद्दा लगाएर यो राज्यले ५ वर्ष बितायो।"
अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाएकी थिइन्। उनले ठूला राजनीतिक दलका शीर्ष नेताहरूले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आस गरेको उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
