बुटवलको सुप्रिम सहकारीको बचत रकम दुरूपयोग प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ प्रतिवादीविरुद्ध रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको छ।
काठमाडौँ– बुटवलको सुप्रिम सहकारीको बचत रकम दुरूपयोग प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको छ।
आइतबार सरकारी वकिल कार्यालय, रुपन्देहीले उनीहरूविरुद्ध १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरेर पूरक अभियोजन गराएको हो।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराम मरासिनीका अनुसार आइतबार लामिछानेसहित पूर्वडीआइजी छविलाल बन्जाडे जोशीसहितका १४ जना र यसअघि मुद्दा दर्ता भएका आठ जना गरी २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता भएको हो।
उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ। योसँगै सुप्रिम सहकारीको बचत रकम ठगी अभियोगमा ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा सहकारीका संरक्षकसमेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित २८ जनाविरुद्ध गत वैशाख ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो। अपचलन भएको रकममध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ।
अभियोग पत्रमा सहकारी ठगीका मुख्य योजनाकार राईविरुद्ध ५१ करोड एक लाख, लामिछानेविरुद्ध चार करोड १५ लाख २८ हजार रुपैयाँ र जोशीविरुद्ध चार करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
