डा. सन्दुक रुइतले आफ्नो सीमा र प्राथमिकता राम्ररी बुझेको भन्दै राष्ट्रपति पदमा रुचि नभएको बताएका छन्।
काठमाडौँ- वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्।
बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्। उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताए।
उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरू रहेको पनि बताए। हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका थिए। इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।
उनले भने, “लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ। भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर, यो मेरो लागि होइन। मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।”
त्यस्तै, डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इशा अवार्डलाई हेरेको बताए। उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए। उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर बिस्तार गर्न आवश्यक रहेको बताए।
उनले भने, “यस्तो खालको एउटा ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो। संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने कुरा थाहा भयो र नेपालीहरूको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ। यो जीवनकै कमाइ हो।”
डा. रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने कुरा नियालिरहेको पनि बताए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
