रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन्।
आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेता चयन गर्ने निर्णय गरेको हो। त्यस्तै, रास्वपाले दलको प्रमुख सचेतकको जिम्मेवारी सन्तोष परियारलाई दिएको छ।
रास्वपाको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भइसकेका छन्। रास्वपा सभापति लामिछानेको नेतृत्वमा सरकारमा सहभागी छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। श्रेष्ठ काठमाडौँ-८ बाट निर्वाचित भएका थिए। परियार समानुपातिक सांसद हुन्।
पहिलोपल्ट प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएको रास्वपाका प्रत्यक्ष र समानुपातिक गरी २० सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
