समयमै विद्यालयले पाठ्यपुस्तक पाउने सुनिश्चितता गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए।
काठमाडौँ– संसदीय समितिले आगामी शैक्षिकसत्रमा समयमै सबै विद्यालयले पाठ्यपुस्तक पाउने गरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चितता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।
सम्बन्धित मन्त्रालय र मातहतका निकायसँग गहन छलफल गरी समयमा विद्यालयले पाठ्यपुस्तक पाउने सुनिश्चितता गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए।
"सम्बन्धित निकायसँग गहन छलफल गरियो। र, आगामी शैक्षिकसत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सुनिश्चितता गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन जारी गरेका छौँ", उनले भने।
बैठकमा विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिकसत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न आग्रह गरे। उनले गत वर्ष कक्षा १० को स्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको गुनासो गरे। प्रधानाध्यापक कँडेलले पाठ्यपुस्तक समयमै उपलब्ध गराउने गरी कागज खरिदका लागि जीटुजी विधि अपनाउँदा उपयुक्त हुने सुझाए।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले विद्यालयलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गरिरहेको बताए। उनले कागजको अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी दिए।
"निरन्तर रूपमा कागजको आपूर्ति भइरहेको छ। छपाइ मेसिन पनि थपिएको छ। अब छपाइ क्षमतामा पनि समस्या छैन। म्यानपावरमा पनि समस्या छैन", उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
