नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्।
काठमाडौँ - नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाउन आग्रह गरेका हुन्।
उनले देशमा अहिले लक्ष्मी महतोको सर्वत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने धारणा राखे।
एमाले नेता महासेठले भने, “के सांसद लक्ष्मी महतो साँच्चिकै अपराधी हुन् त? संसद्मा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाएका छन्। त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय गर्यो। महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न। यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्यो, होइन भनेर आरोपमा कुनै सत्यता छैन।”
कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले भन्नुभयो, “म सभामुखमार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ। लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानूनले अपराधी भनेर निर्णय गरेको छैन तर, संसद्मा अपराधीको आरोप लगाइएको छ।”
नेता महासेठले जनकपुरमा दुई व्यक्ति (रोहितकुमार साह र विष्णुकुमार साह)को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरे। अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत गृह प्रशासनको ध्यानाकर्षण गराए।
एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधार गर्न नसकेको आरोप लगाए। उनले वर्तमान सरकारले केही गर्छ कि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गरे।
“यो सरकारले छोटो समयमा जनतामा अलिअलि मलहम लगाउने काम गरेको छ। देशको आर्थिक सुधारका लागि प्रारम्भिकरूपमा सकारात्मक प्रयास थालिएको छ। राजनीतिक रूपमा पनि यो सरकारले प्रगति गरेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
