मेलबर्नस्थित रोड लेभर एरिनामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्।
ग्रीसका स्टेफानोस सितसिपास वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन्।
मेलबर्नस्थित रोड लेभर एरिनामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्। फाइनल प्रवेशका लागि उनले करेनलाई ७-६ (७-२), ६-४, ६-७ (६-८) र ६-३ को सेटमा हराए।
स्टेफानोसले उपाधिका लागि ९ पटकको च्याम्पियन नोभाक जोकोभिच र टमी पलबिच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। फाइनल प्रवेशसँगै स्टेफानोसले आफ्नो मिहिनेतले सार्थक्ता पाएको बताए।
“यो स्थितिमा पुग्न धेरै मिहिनेत गरेको छु। कुनै कुरामा अडिग रहनुभयो र आफूलाई अझै समर्पित गर्दै जानुभयो भने राम्रो प्रतिफल प्राप्त हुनेरहेछ”, उनले भने। उनले आफू विश्व नम्बर एक स्थानको लागि लडिरहेको पनि बताए।
“यो ग्रान्डस्लाम फाइनल हो, म त्यो नम्बर एक स्थानको लागि लडिरहेको छु। यो बाल्यकालको सपना हो”, उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
