उनको सम्पत्ति कूल ९२ अर्ब ७० करोड डलरबाट घटेर ८४ अर्ब ४० करोड डलरमा सीमित भएको ब्लुमबर्गको तथ्यांक छ।
भारतीय व्यापारी गौतम अडानी विश्वका प्रमुख १० धनाढ्यको सूचीबाट बाहिरिएका छन्। अडानी ब्लुम्बर्गको विश्वका १० धनाढ्यको सूचीबाट बाहिरिएका हुन्।
विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा चौथो स्थानमा रहेका उनी आज एकाएक ११ औँ स्थानमा पुगेका छ्न्। उनका कम्पनीहरूको सेयर यही गतिमा ओरालो लागे उनी चाँडै नै एसियाको सर्वाधिक धनीको सूचीबाट पनि बाहिरिने ब्लुमबर्गको अनुमान छ। ब्लुमबर्गको अर्बपतिको सूचकांकका अनुसार अडानीले ३ दिनको अवधिमा ३४ अर्ब डलर बराबरको निजी सम्पत्ति गुमाएका छन्।
हाइड्रोपावर, सिमेन्ट उद्योग, मिडियासहित विभिन्न क्षेत्रमा ठूलो लगानीसहित व्यापार व्यवसाय सञ्चालन गरिरहेको अडानी समूहले भ्रष्टाचार गरेको, करछली गरेको र सेयर बजारलाई प्रभाव पारेकोजस्ता आरोप लगाउँदै रिसर्च फर्म हिन्डनवर्गले प्रतिवेदन सार्वजनिक गरेपछि उनको सेयरमा एकाएक गिरावट आएको थियो। अडानी समूहले भने त्यसको खण्डन गर्दै नियतवश कम्पनीमाथि त्यस्ता आरोप लगाइएको बताएको छ। त्यस्तै, अडानी समूहले आवश्यक परे कानूनी उपचारमा जाने चेतावनी समेत दिएको छ।
पहिले अडानीको कूल सम्पत्ति ९२ अर्ब ७० करोड डलर रहेकोमा हाल घटेर ८४ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित भएको छ। ब्लुमबर्गले विश्वका ५०० जना धनाढ्यहरूको कूल सम्पत्ति र यो सूचीमा उनीहरूको स्थान हेरफेरबारेको तथ्यांक सार्वजनिक गर्दै आएको छ।

-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
