नेपाललाई पराजित गर्दै भारतीय महिला टोलीले प्रथम खो खो विश्वकपको उपाधि जितेको छ।
काठमाडौँ– नेपाली महिला राष्ट्रिय टोली खो खो विश्वकप प्रतियोगितामा उपविजेता बनेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर हलमा आइतबार साँझ भएको फाइनल खेलमा नेपाललाई पराजित गर्दै भारतले प्रथम खो खो विश्वकपको उपाधि जितेको हो।
भारतले नेपाललाई ७८–४० अंकले पराजित गरेको हो। भारत जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि जित्न सफल भयो।
नेपाली टोली पनि अपराजित रहँदै फाइनल पुगेको थियो, तर घरेलु टोलीसँग पराजित हुन पुग्यो।
नेपाल शनिबार युगान्डालाई पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको थियो।
नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बांग्लादेशलाई ८४–२४ ले पराजित गरेको थियो।
नेपालले क्वाटरफाइनलमा इरानलाई १०३–८ अंकले हराउँदै सेमिफाइनलमा पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
