खो खो विश्वकप प्रतियोगितामा नेपाली पुरुष टोली पनि उपविजेता बनेको छ।
काठमाडौँ– खो खो विश्वकप प्रतियोगितामा नेपाली पुरुष टोली पनि उपविजेता बनेको छ। नेपाल फाइनलमा भारतसँग पराजित भएको हो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा भारतसँग नेपाल ५४–३६ अंकले पराजित भएको हो।
यसअघि नेपाली महिला टोली पनि भारतसँग पराजित भएको थियो। नेपाल भारतसँग ७८–४० अंकले पराजित भएको थियो।
पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो।
नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अंकले पराजित भएको थियो।
दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अंकले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अंकले तथा चौथो खेलमा भुटानलाई ९८–८ अंकले हराएको थियो।
नेपालले क्वाटरफाइनलमा बांग्लादेशलाई ६७–१८ अंकले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अंकले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
