यू–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै

पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका यी दुवै देश पहिलो जितको खोजीमा छन्।

काठमाडौँ– आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बांग्लादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्यान्डसँग भिड्न लागेको हो।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे शुरू हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बांग्लादेशसँगै अस्ट्रेलिया र स्कटल्यान्ड छन्।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो। पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्।

समूह ‘डी’मा रहेका यी दुवै देश पहिलो जितको खोजीमा छन्।