काठमाडौँमा फागुन २ देखि ४ गतेसम्म हुन लागेको अनेरास्ववियुको महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ।
काठमाडौँ- नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौँमा गर्ने जानकारी दिएको हो।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनको फागुन २ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुले जनाइएको छ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले संगठनको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताइन्। उनले सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट निर्वाचन गर्ने गरी प्रबन्ध मिलाइएको जानकारी दिइन्।
महाधिवेशनबाट १९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुनेछ।
त्यस्तै अनुशासन, लेखा र निर्वाचन आयोगमा अध्यक्ष, सचिव र सदस्यसहित १५ जनाको समिति निर्वाचित गरिने बरालले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
