न्युजिल्यान्डमा सामुद्रिक आँधीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने जनजीवन कष्टकर बनेको छ।
न्युजिल्यान्डको उत्तरी क्षेत्रमा सामुद्रिक आँधी (साइक्लोन) ग्याब्रियलका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ। उत्तरी क्षेत्रका करिब ५८ हजार घरमा विद्युत् आपूर्ति ठप्प भएको छ। भीषण वर्षा र हुरीबतासका कारण ५०९ वटा उडान प्रभावित भएका छन्। जसले हजारौँ हवाई यात्रुले सास्ती भोग्नुपरेको छ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले नागरिकहरूलाई सुरक्षित रहन र थप क्षतिप्रति सतर्क रहन आग्रह गरेका छन् भने तत्काल मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। यस्तै, आँधी प्रभावित केही क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।
सरकारले राष्ट्रव्यापी रूपमै आपतकाल घोषणा गर्ने तयारी गरेको बताउँदै त्यहाँका आकस्मिक व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले न्युजिल्यान्डको इतिहासमा हालसम्म केबल ३ पटक मात्रै राष्ट्रिय आपतकाल घोषणा भएको बताएका छन्। हाल अकल्यान्डसहित पाँच उत्तरी क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। विशेष गरी नर्थल्यान्ड, अकल्यान्ड, कोरोमन्डेल र ताइरावीटीमा आँधीको प्रभाव छ।
यस्तै, मौसमका कारण तत्काल काम गर्न असुरक्षित रहेकाले विद्युत् आपूर्ति ठप्प भएका क्षेत्रमा पुनः सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने आकस्मिक व्यवस्थापन मन्त्री म्याकएनल्टीले बताए। सर्वसाधारणलाई कम्तीमा ३ दिनलाई पुग्ने दैनिक उपभोग्य सामग्रीको जोहो गरी घरमै सुरक्षित रूपमा बस्न भनिएको छ।
पछिल्लो १२ घण्टायता मात्रै १०० दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको त्यहाँको मौसम विभागले जनाएको छ। तीव्र वेगको हावाहुरी र वर्षा एकैपटक आएका कारण स्थिति गम्भीर बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
केही साताअघि अकल्यान्ड र आसपासका क्षेत्रमा आएको भीषण वर्षा र बाढीपछि अहिले उत्तरी क्षेत्रमा साइक्लोन आएको हो। आँधी प्रभावित क्षेत्रमा रूखहरू ढलेका छन् भने सडक भत्किने र विद्युत्का तारहरूमा क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
