बाइडेन प्रशासनले लगाएको प्रतिबन्धपछि अमेरिकामा शनिबार साँझदेखि बन्द भएको टिकटक ट्रम्पको घोषणासँगै पुन: चल्न थालेको छ।
काठमाडाैँ– डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा केही घण्टाअघि वासिंटन डिसीमा र्याली गरेका थिए र उनले यस क्रममा विभिन्न वाचा पनि गरेका छन्।
कार्यक्रममा उपस्थित हजारौं समर्थकहरूका बीच ट्रम्पले उत्साहका साथ भने, "म ऐतिहासिक गति र बलका साथ काम गर्नेछु। म हाम्रो देशले सामना गरिरहेको हरेक संकटलाई समाधान गर्नेछु।"
स्टेजमा ट्रम्पसँगै उनका चुनावी सहयोगी तथा अर्वपति एलोन मस्क पनि उपस्थित थिए। ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रवर्द्धन गर्ने कार्यकारी आदेश जारी गर्ने वाचा समेत गरे। उनले आफूलाई सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा समेत गरे। साथै उनले बाइडेन प्रशासनका गलत निर्णय खारेज गर्ने बताए।
उनले भने , "शपथ ग्रहण गरेको केही घण्टाभित्रै म बाइडेन प्रशासनको हरेक कट्टरपन्थी र मूर्ख कार्यकारी आदेश खारेज गर्नेछु।"
यसबाहेक उनले टिकटकका विषयमा पनि बोले। उनले अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन नदिने स्पष्ट पारे। ट्रम्पले टिकटकले आफ्नो व्यापारको ५० प्रतिशत अमेरिकालाई बेच्नुपर्ने र यस शर्तमा टिकटकलाई अमेरिकामा सञ्चालन गर्न दिने बताए।
बाइडेन सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएको थियो। त्यसपछि शनिबार साँझदेखि अमेरिकामा टिकटक सेवा बन्द गरिएको थियो। तर, ट्रम्पको घोषणापछि टिकटकको सेवा सुचारू भएको छ।
टिकटकले यसलाई पुन: सञ्चालन गर्न अनुमति दिएकोमा डोनाल्ड ट्रम्पलाई धन्यवाद पनि दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
