प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले मासिक ५१ हजार चार सय ४७ रुपैयाँ पारिश्रमिक/सुविधा पाउने गरेका छन्।
काठमाडौँ- नेपाल प्रज्ञाप्रतिष्ठानले दोहोरो सुविधा तथा पारिश्रमिक पाइरहेका आजीवन सदस्यहरूको सुविधा कटौती गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानले सोमबार विज्ञप्ति जारी गर्दै दोहोरो सुविधा पाइरहेका आजीवन सदस्यहरूको सुविधा कटौती गर्ने निर्णय गरिएको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रज्ञाप्रतिष्ठान ऐन, २०६४ को दफा २८ को उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने हुँदा नेपाल सरकार, विश्वविद्यालय तथा अन्य निकायबाट निवृत्तभरण लिइरहेका आजीवन सदस्यहरूलाई विसं २०७९ फागुन महिनादेखि यस प्रतिष्ठानबाट आजीवन सदस्यको पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय गरिएको हो।”
प्रतिष्ठानबाट २० जना आजीवन सदस्यहरूले दोहोरो पारिश्रमिक तथा सुविधा लिँदै आएका छन्। आजीवन सदस्यहरूले मासिक ५१ हजार चार सय ४७ रुपैयाँ पारिश्रमिक/सुविधा पाउने गरेका छन्।
त्यस्तै, प्रज्ञाप्रतिष्ठानले परिषद् सदस्यहरूको कार्यविभाजन गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
