राष्ट्रपतिका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिनसक्ने

निर्वाचन कार्यतालिका अनुसार आयोगले आजै राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

काठमाडौँ- राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपछि आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। 

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। 

राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेससहित ८ दलले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेका छन् भने नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ।