झापाको बुद्धशान्ति गाउँपालिका–४ मा अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।
झापा– मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा सोमबार सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन्।
मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए। प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नम्बरको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन्। उनीहरूको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ। प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
