बाराको साबिक आदर्श गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– बाराको साबिक भवानीपुर जीतपुर, आदर्श गाविस (हाल जितपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा अनुसारीविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो। अख्तियारले उनीविरुद्ध ३८ लाख ३० हजार ५०० बिगो कायम गरेर मुद्दा दायर गरेको छ।
तत्कालीन सचिव अन्सारीले विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजित रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। अनुसन्धानका क्रममा साबिकको आदर्श गाविसको स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटर उपभोक्तालाई भाडामा लगाउँदा अनियमितता गरेको पाइएको अख्तियारको दाबी छ।
उनले सटर उपलब्ध गराउँदा लिएको धरौटीबापतको रकमसँग सम्बन्धित कागजात लुकाएको, १२१ जना उपभोक्ताबाट लिएको धरौटीबापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको पाइएको अख्तियारको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
