पाँचपोखरीमा भक्तजन र पर्यटकको संख्या बढेसँगै दुर्गन्ध पनि बढेको छ। त्यसैले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सफाइ अभियान सञ्चालन गरेको छ।
सिन्धुपाल्चोक– पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच क्विन्टल फोहर संकलन गरिएको छ। कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गरिएको सरसफाइमा संलग्न हर्क तामाङले बताए।
उक्त फोहोर भरियामार्फत भोताङको फोहर संकलन केन्द्रमा ल्याइएको छ। ‘पर्यटन प्रवद्र्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ नाराका साथ मंगलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान थालिएको थियो।
पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। यहाँ जनै पूर्णिमाका अवसरमा मेला लाग्ने गरेको छ। भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्री जथाभावी फालेपछि वातावरण दुर्गन्धित बनेको थियो।
वातावरण सफा राख्न सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
