राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा संघीय सांसद तथा प्रदेशसभा सांसदले मतदान गरेका छन्।
काठमाडौँ- राष्ट्रपति चयनका लागि आज भएको मतदानमा कूल ८३१ मत खसेको छ।
बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदानमा ८३१ मत खसेको हो। मतदान दिउँसो ३ बजेसम्म चलेको हो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का दुवै सदनका सदस्य तथा सबै प्रदेशका प्रदेशसभा सदस्यहरू मतदाता हुने गर्छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सदस्य गरी ८८४ जना मतदाता रहेका थिए। जसमध्ये संघीय संसद्का दुवै सदनबाट ३३२ जना तथा प्रदेशसभातर्फ ५५० जना मतदाता रहेका थिए।
निर्वाचनमा संघीय संसद्का ३१३ जना तथा प्रदेशसभाका ५१८ जना गरी कूल ८३१ जनाले मतदान गरेका हुन्।
संघीय संसद् र प्रदेशसभा दुवैमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा सहभागिता जनाएनन्।
मतदान सम्पन्न भएसँगै आजै मतगणना हुने र आजै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
