काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ विमानमा फायर इन्डिकेसन देखिएपछि काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।
काठमाडौँ- श्री एयरलाइन्सको ८२१ विमानको इन्जिनमा फायर इन्डिकेसन देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।
बिहान ९ बजेर ३८ मिनेटमा काठमाडौँदेखि भैरहवाका लागि उडेको विमान धादिङ नजिकै पुग्दा दायाँ इन्जिनमा फायर इन्डिकेसन देखिएपछि पुनः फर्काएर त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए।
विमानमा आगलागी भएको नभएर आगोको संकेत मात्र देखिएको र अहिले प्राधिकरणका इन्जिनियरहरूले जाँच गर्ने तयारी भइरहेको उनले बताए।
कहिलेकाहीँ संकेत देखिए पनि वास्तविक समस्या नहुने भएकाले यसमा डराउनुपर्ने नभएको उनले बताए। विमान १० बजेर १ मिनेटमा सुरक्षित अवतरण गरिएको उनले बताए।
विमानमा चालक दलका सदस्यसहित ७३ जना सवार थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
