सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा उक्लिएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
यस दिन विभिन्न ३११ कम्पनीका एक करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर ७४ हजार ४०३ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोड चार लाख ७७ हजार ८८६ रुपैयाँमा कारोबार भएका छन्।
यस दिनको कारोबारमा विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रो पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, भूगोल इनर्जी डेभेलपमेन्ट ९.९९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.१५ प्रतिशतले गुमाएका छन्।
त्यस्तै, मानुषी लघुवित्त ९.०५, रिभर फल्स पावर ७.७०, डोल्टी पावर ७.४७, मध्य भोटेकोशी जलविद्युत् ५.८४ र वाराही हाइड्रो पावरका लगानीकर्ताले ५.७७ प्रतिशतले कमाएका छन्।
यस दिनको कारोबारमा पाँच वटा समूहको उपसूचक घटेको छ भने अरू सबैको उपसूचक बढेको छ।
वित्त समूह सर्वाधिक २.५४, बैंकिङ ०.२०, विकास बैंक ०.६०, लघुवित्त ०.०४ र जलविद्युत् समूहको उपसूचक ०.०२ प्रतिशतले घटेको छ।
होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन तथा प्रशोधन १.६८, मुचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.२३, अन्य समूह २.१३ र व्यापार समूहको उपसूचक १.०६ प्रतिशतले बढेको छ।
यस दिन कारोबार रकमका आधारमा सबैभन्दा बढी रिभर फल्सको २४ करोड एक लाख ८८ हजार ४०४ रुपैयाँ बराबर शेयर किनबेच भएको छ। शेयर संख्याका आधारमा हिमालयन पावर पार्टनरको तीन लाख ७७ हजार ६४६ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
